तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका सांसदबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग आज छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन, तथा संघ–प्रदेश र स्थानीय प्रदेश बीचको समन्वयका विषयमा छलफल गर्नुभएको  हो ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र मधेश प्रदेशका संघीय सांसदहरूसँग पनि छलफल गरिसक्नुभएको छ ।

सरकारले सबै प्रदेशका जनप्रतिनिधिसँग नियमित संवादमार्फत समग्र विकासलाई अघि बढाउने रणनीति अनुरुप छलफललाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button