तपाईँ सुन्दै हुनुहुन्छः

एनएनआइपिए स्पोर्ट्स अवार्ड २०८१ : गुरुङ र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । कराँतेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ २० औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड २०८१ मा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थित चण्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए ।

उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका थिए । स्टार कराँते खेलाडी एरिका वर्ल्ड कराँते वान युथ लिग मा ऐतिहासिक रजत पदक जितेकी थिइन् । साथै अष्ट्रेलियन ओपन कराँतेमा पनि ऐतिहासिक स्वर्ण जितिन् ।

ऐरिका र स्यान्टुले सर्वोत्कृष्ट खेलाडी अवार्डसँगै एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिभावान् पुरुषको अवार्ड तेक्वेन्दोका अभिषेक बराल र बक्सिङकी स्वस्तिका तिरूवाले जिते । यस्तै ओलम्पिकमा आबद्ध २६ खेलका खेलाडी वर्ष उत्कृष्ट खेलाडी बने । 

एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उदिप्त सिंह क्षेत्री सम्मानित भए । स्थानीय आयोजक बनेपा नगरपालिका रहेको अवार्ड कार्यक्रम पहिलो पटक काठमाडौँ उपत्यका बाहिर भएको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध  २६ खेललाई  वर्ष उत्कृष्ट खेलाडी–२०८१ बाट समेटिएको थियो ।

२७ खेललाई पत्राचार गरेपनि सुटिङबाट २०८१ मा कुनै खेल आयोजना नभएको भन्दै खेलाडीको नाम पठाउन असमर्थ रहेको भनेपछि सुटिङ खेलाडी अवार्डमा सहभागी गर्न नसकिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button