दाङमा सवारी दुर्घटनाः बोलेरो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
दाङ। दाङमा बिहीबार राति लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–६ का ५५ वर्षीय समुन्दर चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।
मोटरसाइकल चालक चौधरी दुबै खुट्टा, गुप्ताङ्ग, पेट तथा मुखमा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल लमही अस्पताल पुर्याइयो, तर चिकित्सकले राति ११:५५ बजे मृत घोषणा गरेका थिए।
बोलेरो पिकअप जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका–११ का २१ वर्षीय दुलराज पल्ली मगरले चलाएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि प्रहरी चौकी सतबरिया, दाङबाट सहायक निरीक्षक रामसागर चौधरीको कमाण्डमा ३ जनाको टोली र इलाका प्रहरी कार्यालय अमिलिया, दाङबाट निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।








प्रतिक्रिया राख्नुहोस्