त्रिभुवन आर्मीद्वारा मधेश प्रदेश ६ विकेटले पराजित, शीर्षमा आर्मी

जनकपुरधाम । नेपाल आर्मीका विभागीय टिम जारी रहेको पिएम कपको शीर्षस्थानमा उक्लिएको छ ।
जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा मधेश प्रदेशलाई आर्मीले आज ६ विकेटले पराजित गर्दै चौथो खेलमा विजयी भएर शीर्षस्थानमा उक्लिएको हो । यता मधेश पहिलो पटक हार बेहोरेको छ ।
जितको लागि १ सय ८५ रनको चुनौती पछाएको आर्मीले २९ .२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्दै विजयी भएको हो । ओपनर त्रितराज दास र कप्तान विनोद भण्डारीले पहिलो विकेटको लागि ६७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । विनोदले ३२ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा र कुशल मल्ल २४ रनमा आउट भएका थिए ।
ओपनर त्रितराज ७२ बलको सामना गर्दै ७ चौका र ३ छक्का सहित ६९ रन जोड्दो आर्मीको जितलाई सहज बनाएका थिए । यसपछि बसिर अहमदले अविजित ४१ रन जोड्नु भएको थियो । मधेशका मोहम्मद आदिल आलामले सर्वाधिक २ विकेट लिँदा पवन सर्राफ र विशाल सुशलिङले १/१ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ४८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन बनाएका थिए । मधेशका दुई ओपनर मयान यादव ५ रनमा र निरज यादव ९ रनमा आउट भएका थिए । दुई ओपनर आउट हुँदा मधेशले २५ रन मात्र बनाएपछि कप्तान अनिल शाह र पवन सराफले तेस्रो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए । पवन २२ रनमा आउट भएका थिए ।
अनिलले ६० बल खेलेर २ चौका र २ छक्काका सहित ४३ रन जोडेका थिए भने विशाल सुशलिङले अर्धशतक बनाएका थिए । उनले ७३ बल खेलेर ३ चौका र २ छक्का सहित ५१ रन बनाएका थिए । विशाल पटेलले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेका थिएन ।
बलिङमा आर्मीका बसिरले सर्वाधिक ३ विकेट तथा साहाब आलम र नरेन साउदले समान २ विकेट थिए । आर्मीले ५ खेलबाट ९ अंक जोड्दा मधेशको ७ अंक छ । यता मधेश प्रदेश पहिलो पटक पराजित भएको छ । आजको खेलमा त्रिभुवन आर्मीका त्रितराज दास ६९ रन बनाएर म्यान अफ दि म्याच घोषित हुनु भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्