तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडौँ। नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।  

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानबिनको माग गर्नुहुँदै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजित रूपमा भएको आरोप समेत लगाउनुभयो । 

एमालेका उपाध्यक्ष थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिनुभयो । 

प्रतिनिधिसभाको निर्वाचनले आफूहरूलाई सानो दलका रुपमा स्थान दिए पनि  चुनौतीको सामना गरेर अघि बढ्ने बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button