तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग मधेश प्रदेशका सांसदको छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसँग  छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो । 

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई  सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो “स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो ।”

प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसक्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button