एमाले संसदीय दलको नेतामा थापा चयन

काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई चयन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका बिरिष्ठ उपाध्यक्ष थापालाई सर्वसम्मत चयन गरेको नेकपा एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बैठक भर्खर सकियो । संसदीय दलको नेतामा रामबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।”
थापा नेकपा एमालेकाे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ।
संसदीय दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गर्नुभएको थियो तर पछि समझदारी बनेपछि अन्तिम समयमा उहाँले दाबी फिर्ता लिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्