तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु 

वीरगञ्ज । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लाको निजगढ स्थित सडकखण्डमा आज दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–७ निवासी २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहनुभएको छ ।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४२ प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०३–००४ प ३६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । ढुङ्गानाले ९८२४ नम्बरको र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button