तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचन हुने 

काठमाडौँ । नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचन हुने भएको छ । आज बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचनबाट दलको नेता छानिँदै छ ।

दलका नेतामा इलामबाट निर्वाचित सांसद सुहाङ नेम्वाङ र समानुपातिकतर्फबाट सांसद हुनुभएका पार्टीका उपाध्यक्ष रामबहादुर थापाले दाबी गर्नुभएको छ ।

उहाँहरुबीच सहमति हुन नसकेपछि निर्वाचनबाट दलको नेता चुन्ने तयारी गरिएको छ । निर्वाचनका लागि एमालेका केन्द्रिय सदस्य निरज आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button