एमाले सचिवालय बैठक जारी
काठमाडौ। नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीको रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे छलफल केन्द्रित हुने बताइएको छ।
साथै अहिलेसम्मको आन्दोलनको समीक्षा पनि बैठकको एजेन्डामा रहेको छ। अध्यक्ष ओलीमाथि सरकारले राजनीतिक प्रतिशोधका रूपमा कदम चालेको भन्दै पार्टीले आन्दोलन जारी राखेको छ।







प्रतिक्रिया राख्नुहोस्