फोहोर प्रशोधन केन्द्र निर्माणका लागि भारतीयद्वारा १८ करोडभन्दा बढी सहयोग

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रका लागि भारतीय सरकारले १८ करोड ३५ लाख ६८ हजार ७ सय ६१ रुपैयाँ प्रदान गरेको छ ।
आइतबार आज दुहबी वडा नंं ४ मा फोहोर प्रशोधन केन्द्र सिलान्यास कार्यक्रममा भारतीय दूतावासका सचिव नारायण सिंहले सो रकम बराबरको चेक दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गर्नुभयो ।

नेपाल सरकार, भारतीय दूतावास र दुहबी नगरपालिका बीच भएको त्रिपक्षीय सम्झौता अनुसार मेयर गच्छदारले प्रशोधन केन्द्रलाई आधुनिक र व्यवस्थित बनाउँदै पूर्णरुपमा सञ्चालन गर्न दूतावासले १८ करोड ३५ लाख रुपैयाँ ६८ हजार ६१ रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।
सिद्धार्थ दर्शन चौरसिया जेभीले ठेक्का पाएको ४ जुलाई २०२७ सम्ममा निर्माण सम्पन्न गर्नेगरी प्रशोधन केन्द्र निर्माणको लागि सम्झौता भएको भारतीय दूतावासका इन्जिनियर सबिन न्यौपानेले जानकारी दिनुभयो ।
हाल दुहबी नगरपालिकाले करिब ३ करोड रुपैयाँको लगानीमा दुहबी नगरपालिका वडा नम्बर ४ मा करिब १६ विगाह क्षेत्रफलमा फैलिएको प्रशोधन केन्द्रलाई थप गुणस्तरीय र बढी क्षमताको बनाउनका लागि सम्झौता भएको दुहबी नगरपालिकाका नगर प्रमुख गच्छदारले बताउनुभयो ।

सो केन्द्रमा करिब १५ जना कर्मचारीसहित आवास गृह समेत रहेको जनाउँदै मेयर गच्छदारले नयाँ सम्झौताले नगरपालिका क्षेत्रबाट निस्किएका विभिन्न प्रकारका फोहोरलाई व्यवस्थित रुपमा सङ्ग्रह गर्दै व्यवस्थापन गर्ने विश्वास लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्