तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य  फेरि बढ्यो

काठमाडौँ I स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ । 

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button