देश निर्माणका लागि कर्मचारीतन्त्र सुदृढीकरण गर्नुपर्नेमा कानून मन्त्री सिन्हाको जोड

काठमाडौं I कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कर्मचारीतन्त्रको सुदृढीकरणले देश निर्माण र सकारात्मक प्रणाली विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
कानुन मन्त्री सिन्हाको बिदाईका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले कर्मचारीतन्त्रप्रति जनताको विश्वास सुदृढ बनाउनु आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले कर्मचारीतन्त्रप्रति आमजनतामा रहेको नकारात्मक धारणा र अविश्वास तोड्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री सिन्हाले कानून मन्त्रालयले सम्बन्धित मन्त्रालय र सचिवहरूसँग समन्वय गरी काम गर्न तथा मन्त्रालयमा आएका विषयहरू निश्चित समयसीमाभित्र समाधान गर्दै सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले मन्त्री सिन्हाको नेतृत्वमा तीन तहका सरकारबीच कानूनी समन्वय मजबुत भएको र छोटो अवधिमै सुशासनको छेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्