तपाईँ सुन्दै हुनुहुन्छः

पीएम कपका लागि देव खनालको कप्तानीमा १५ सदस्य लुम्बिनी प्रदेशको टिम घोषणा

रुपन्देही । देव खनालको कप्तानीमा प्रधानमन्त्री ९पीएम० कपका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा गरिएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घले चैत ७ बाट सुरु हुने पीएम कप एक दिवसीय क्रिकेट खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टोलीमा देवसहित आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी छन् । यस्तै रमेश कुर्मी, नरबहादुर सार्की, दीपेश रोका, महेश भर र सम्राट भुसाल रिजर्भ खेलाडीको रुपमा छन् । लुम्बिनीका सबै खेल जनकपुर र पर्सामा हुनेछन् ।

पीएम कप एकदिवसीय क्रिकेट चैत ७ देखि बागमती प्रदेश र मधेश प्रदेशको दुई–दुई ठाउँमा हुँदैछ । लुम्बिनीले पहिलो खेल शनिबार पर्सामा कर्णाली प्रदेशसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button