नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकद्वारा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
बिहीबार मात्र नियुक्त हुनुभएका एरेनाले आइतबार उक्त टोली घोषणा गरेका हुन् । नेपालले मार्च २६ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हङकङविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय छ ।
उक्त खेललाई लक्षित गर्दै मुख्य प्रशिक्षक एरेनाले ४९ खेलाडी समेटिएको प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् । टोलीमा कप्तान किरणकुमार चेम्जोङसँगै अनुभवी खेलाडीसँगै केही नयाँ अनुहारलाई पनि मौका दिइएको बताइएको छ ।
घोषित प्रारम्भिक टोलीबाट अन्तिम टोली छनोट गरी नेपालले हङकङविरुद्ध मैदान उत्रिनेछ । प्रशिक्षक एरेनाले व्यापक प्रतिस्पर्धा सिर्जना गर्दै उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा खेलाडीलाई प्रारम्भिक टोलीमा समेटेका हुन् ।
यो मैत्रीपूर्ण खेल नेपालले आगामी एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध हुने खेलको तयारीका रूपमा पनि लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्