तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ मा ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । खेत जोत्न जाँदै गरेको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब १०ः२० बजे बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको प्रदेश १–०४–००१ त १३३२ नम्बरको रोटाभेटर जडान गरिएको ट्याक्टर गिदेरी खोला नजिक उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा परी ट्याक्टर चालक बेलका नगरपालिका–२ का सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) निरञ्जन थापाले जानकारी दिनुभयो । मृतक सोकिन्दर स्थानीय हरिया चन्द्रवंशीका छोरा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button