तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा कृत्रिम ग्यास अभाव सिर्जना गर्ने एक व्यवसायीलाई ५० हजार जरिवाना

पोखरा I कास्कीमा ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक ग्यास व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले शनिबार पोखराका विभिन्न स्थानमा रहेका ग्यास डिलरहरूको अनुगमन गर्ने क्रममा पोखराको भण्डारी ट्रेडर्सले उपभोक्तालाई ग्यास वितरण नगरी होल्ड गरेर कृत्रिम अभाव सिर्जना गरेको भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो ।

उपभोक्ता हितविपरीत गतिविधि गरेको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको उहाँले बताउनुभयो  । अनुगमनका क्रममा भण्डारी ट्रेडर्समा एक सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्दै गरेको अवस्थामा उपकरणसहित तीन थान ग्यास सिलिन्डर फेला परेको थियो। त्यस्तै उपभोक्तालाई वितरण नगरी ग्यास होल्ड गरेर कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरिएको पनि भेटिएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा उक्त डिलरमा रहेका ४८ थान १४.२ केजी र २६ थान ७।१ केजी एलपी ग्यास सिलिन्डर उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गर्न प्रशासनले निर्देशन दिएको छ । अनुगमनका क्रममा उक्त डिलरमा रहेका ४८ थान १४.२ केजी र २६ थान ७।१ केजी एलपी ग्यास सिलिन्डर उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गर्न प्रशासनले निर्देशन दिएको छ । आपूर्ति व्यवस्थापन सम्बन्धी समन्वय बैठकपछि जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित टोलीले पोखराका पाँच वटा ग्यास डिलरमा अनुगमन गरेको थियो।

यसैबीच अनुगमनका क्रममा अन्य तीन ग्यास डिलरमा ग्यासको मौज्दात तथा अभिलेख विवरण स्पष्ट नराखिएको पाइएको प्रशासनले जनाएको छ। साथै एक डिलरमा ३२४ थान ७।१ केजीका ग्यास सिलिन्डर झार्दै गरेको अवस्था समेत भेटिएको थियो । प्रशासनले ग्यासको परिमाण परिवर्तन गर्ने, एक सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने जस्ता गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button