चैत ७ देखि २० गतेसम्म रातीको समयमा धुलिखेल–खावा सडक बन्द हुने
काभ्रेपलाञ्चोक । यही चैत ७ देखि २० गतेसम्म अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा यातायातका साधन बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
सडक कालोपत्रे गर्नका लागि यातायातका साधन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्न लागिएको कार्यालयका सूचना अधिकारी ईन्जिनियर दिपक याकामीले जानकारी दिनुभयो ।
धुलिखेल–खावा खण्डको ४ किलो मिटर सडक कालोपत्रे हुन लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्