तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा इलाका प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवानको मृत्यु

टीकापुर,कैलाली। इलाका प्रहरी कार्यालय टीकापुरको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ । गए राति ११ बजेतिर कार्यालय भवनको छतबाट खसेर ३० वर्षीय सन्देश चदाराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भित्र रहेको ब्यारेक भवनको छतबाट खसेका चदाराको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक चदारा बझाङको तलकोट गाउँपालिका–१ का बासिन्दा हुन् । 

घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको र मृतकको शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button