तपाईँ सुन्दै हुनुहुन्छः

कास्की निर्वाचन: ४९ मध्ये ४० उम्मेदवारको जमानत जफत

कास्की। फागुन २१ गते भएको निर्वाचनमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा गरी ४० उम्मेदवारको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम जमानत जफत हुने कानुनी व्यवस्था छ ।

कास्कीका तीन वटै क्षेत्रमा गरी ४९ उम्मेदवार चुनावी मैदानमा उत्रनु भएको थियो ।  कास्की क्षेत्र नम्बर १ मा १७ जना, क्षेत्र नम्बर २ मा १७ जना र क्षेत्र नम्बर ३ मा १५ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनको अन्तिम परिणाम अनुसार प्रत्येक क्षेत्रमा ३र३ रास्वपा, नेपाली काँग्रेस र एमालेबाहेक अन्य ४० जनाले १० प्रतिशतको सीमा कटाउन नसक्दा उहाँहरूको  जमानत जफत भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनु भयो ।

कास्कीका तीन वटै क्षेत्रमा नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारबाहेक अन्यले जमानत जोगाउन सकेनन् । जमानत जफत हुनेमा कास्की क्षेत्र नम्बर १ का १४ जना छन् । रवि मोहन ढकाल (राष्ट्रिय जनमोर्चा) ८२ मत, मनिषा द्वा (उज्यालो नेपाल पार्टी) ६७० मत, कर्णबहादुर गुरुङ (प्रगतिशील लोकतान्त्रिक पार्टी) ७८ मत, राजकाजी गुरुङ (नेपाली कम्युनिस्ट पार्टी) २४७९, श्रीमान थापा (मङ्गोल नेसनल अर्गनाइजेसन) १०९, कृष्णबहादुर राउत (स्वतन्त्र) ८४, वीरबहादुर तामाङ लामा (श्रम संस्कृति पार्टी) ११४१, कुमार परियार (नेकपा माओवादी) ८१, आशबहादुर दमै (नेपाल मानवतावादी पार्टी) २५, मीनबहादुर दर्जी (नेपाल जनमुक्ति पार्टी) २१, यज्ञबहादुर गुरुङ (नेसनल रिपब्लिक नेपाल) ३५, हर्कबहादुर थापा (आम जनता पार्टी) ७९, बाबुराम थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ९७८ र रामकाजी चर्माकार (जनता समाजवादी पार्टी, नेपाल) २२ मत पाए । उनीहरू कसैले पनि सदर मत ६७ हजार ४ सय १० को १० प्रतिशत नपाउँदा जमानत गुमाएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा पनि १४ जनाको जमानत जफत भयो । यहाँ ५० हजार ६ सय ७५ मत सदर भयो । हेम बहादुर थापा पराजुली  (नेपाली कम्युनिस्ट पार्टी) १२७६ मत, ओलबहादुर गुरुङ (मङ्गोल नेसनल अर्गनाइजेसन) १२३, विनीता अवाल (नेपाल मजदुर किसान पार्टी) ३, कुशल गुरुङ (उज्यालो नेपाल पार्टी) १२०१, विष्णुप्रसाद तिवारी (स्वतन्त्र) १४०, हेमजंग गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) १६४३, ज्ञान राज गुरुङ (नेसनल रिपब्लिक नेपाल) १९ मत पाए । रामचन्द्र आचार्य (स्वतन्त्र) १९ मत, ख्यामबहादुर गुरुङ (नेपाल जनमुक्ति पार्टी) २६, निरञ्जन कोइराला (स्वतन्त्र) ४५, निर्दोषविक्रम पौडेल (स्वतन्त्र) ६, प्रेमबहादुर थापा (नेकपा माओवादी) ३७, वसन्तराज घिमिरे (स्वतन्त्र) १३३, दीपक भण्डारी (प्रगतिशील लोकतान्त्रिक पार्टी) १०० मत ल्याए पनि जमानत जोगिएन ।

कास्की क्षेत्र नम्बर ३ मा १२ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ ६२ हजार ६ सय ४९ मत सदर भएको थियो । १० प्रतिशत पनि नल्याउनेमा टेकबहादुर सार्की (संयुक्त नागरिक पार्टी ) ६३ मत, कुशल थापा क्षेत्री (आम जनता पार्टी) १२, मिना निह्सुतु (नेपाल मजदुर किसान पार्टी) ५, तर्कबहादुर गुरुङ (उज्यालो नेपाल पार्टी) ४६२, ओमप्रकाश विश्वकर्मा (नेपाल मातृभूमि पार्टी) २३, गोपाल गिरी (नेपाली कम्युनिस्ट पार्टी) १४५६, अर्जुनप्रसाद खनाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) १४०६, जीवनबहादुर गुरुङ (मङ्गोल नेसनल अर्गनाइजेसन) ७६, मीनबहादुर थापा (नेपाल जनमुक्ति पार्टी) २०, तिरथ गुरुङ (नेसनल रिपब्लिक नेपाल( १३, कमल खड्का विश्वकर्मा (नेपाल कम्युनिस्ट पार्टी माओवादी) ९१, र हितकाजी गुरुङ (श्रम संस्कृति पार्टी) ५८६ मत छन् ।

निर्वाचन कार्यालयको तथयांक अनुसार कास्कीमा साना दल र स्वतन्त्र उम्मेदवारहरूको प्रभाव निकै कमजोर रह्यो । जमानत जोगाउन नसक्ने धेरैजसो उम्मेदवारले १ प्रतिशत मत पनि कटाउन सकेका छैनन् । राप्रपा र केही साना कम्युनिस्ट घटकले १ हजारभन्दा बढी मत ल्याए पनि १० प्रतिशतको न्यूनतम सीमा (थ्रेसहोल्ड) कटाउन नसक्दा उनीहरूको पनि धरौटी जफत भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button