तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ५८ जना उम्मेदवारको जमानत जफत 

टीकापुर कैलाली । कैलाली जिल्लामा ५८ जना उम्मेदवारको जमानत जफत भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ५८ जना उम्मेदवारको जमानत जफत भएको हो । 

जिल्लामा जम्मा ७५ जना उम्मेदवार रहेकोमा १७ जनाले मात्र आफ्नो जमानत बचाउन सफल भएका सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाउको छ । 

कैलाली क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवार रहेकोमा १५ जनाको जमानत जफत भएको छ भने ३ जनाको मात्र जमानत बचेको छ । क्षेत्र नम्बर २ मा १५ जना उम्मेदवार मध्ये ११ जनाको जमानत जफत भएको छ भने ४ जनाको जमानत बचेको छ । 

कैलाली क्षेत्र नम्बर ३ मा ११ जना उम्मेदवार मध्ये ७ जनाको जमानत जफत हुँदा  ४ जनाको जमानत बचेको छ । क्षेत्र नम्बर ४ मा १६ जना उम्मेदवार मध्ये १३ जनाको जमानत जफत हुँदा ३ जनाको जमानत बचेको छ । 

यसैगरी कैलाली क्षेत्र नम्बर ५ मा १५ जना उम्मेदवार मध्ये १२ जनाको जमानत जफत हुँदा ३ जनाको मात्र जमानत बचेको निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनुभयो । 

कैलालीमा अहिलेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २२ दशमलव ६६ प्रतिशत उम्मेदवारले जमानत जोगाउँदा ७७ दशमलव ३४ प्रतिशत उम्मेदवारले आफ्नो जमानत बचाउन सकेनन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button