सप्तरी–२ मा रास्वपाका रामजी यादव निर्वाचित

सप्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव निर्वाचित हुनुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार यादवले २८ हजार ४ सय ४ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका उमेश कुमार यादवले १४ हजार २ सय ६३ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, जनमत पार्टीका चन्द्रकान्त राउतले ९ हजार ८ सय ८० मत, स्वाभिमान पार्टीका सतिश कुमार सिंहले ३ हजार ५ सय ५७ मत, नेपाली काँग्रेसका उम्मेदवारले २ हजार ४ सय ९८ मत र नेकपा एमालेका मोहम्मद जियाउल रहमानले ८ सय ८३ मत प्राप्त गर्नुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा १ लाख ५ हजार ९ सय २२ मतदाता रहेकोमा ६८ हजार ५ सय ६ मत खसेको थियो। जसमध्ये ५ हजार ७ सय २३ मत बदर हुँदा ६२ हजार ७ सय ८३ मत सदर भएको आयोगले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्