तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा २ मा रास्वपाका थापा विजयी

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव बहादुर थापा विजयी हुनुभएको छ । उहाँले २६ हजार ७३६ मत प्राप्त गरि विजयी  हुनुभएको हो ।

त्यस्तै नेपाली काङ्ग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका ठाकुर प्रसाद गैरेले १० हजार ५०३ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीका सोम प्रसाद पाण्डेले ५हजार २८८मत प्राप्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका बल बहादुर दर्लामीले ४२९ मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डुल बहादुर कुवरले ४४०मत पाउनुभयो । नेसनल रिपब्लिक नेपालका देब प्रसाद श्रेष्ठले ६९३मत प्राप्त गर्नुभएको छ । मङोल नेसनल अर्गनाइजेसनका मन बहादुर दर्लामीले ९६ मत पाउनुभयो । त्यस्तै सार्वभौम नागरिक पार्टीका राम बहादुर अस्लामीले १६९

मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका टोप बहादुर अस्लामीले १३८ मत पाउनुभएको छ । जनता समाजवादी पार्टीका खिक बहादुर रेस्मीले ३९ मत पाउनुभयो ।प्रगतिशील लोकतान्त्रिक पार्टीका बोधराज जैशीले २८ मत पाउनुभएको छ । नेकपा माओवादीका बिष्णु ठडराइले ६६ मत प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीकी कृष्णशोभा मुस्याख्वाले १२ मत प्राप्त गर्न सफल हुनुभयो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार मोहन थापाले ४५८मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार केशब प्रसाद बस्यालले ५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पङेनीले जानकारी दिनुभयो ।

पाल्पा क्षेत्र नं २ मा महिला ३३,१२१ र पुरुष २८,०२० गरी जम्मा ६१,१४१ मत खसेको थियो । जुन कुल मतदाताको ५५.९७ प्रतिशत रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button