पाल्पा-१ मा काङ्ग्रेसका राना विजयी
पाल्पा । नेकपा एमालेले २०५१ सालदेखि निरन्तर जित्दै आएको पाल्पा क्षेत्र नम्बर-१ मा नेपाली काङ्ग्रेसका सन्दीप राना विजयी हुनुभएको छ । उहाँले १८ हजार ३३६ मत पाउँदा नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ८१९ मत पाउनुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल पन्तले १४ हजार २९८ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका हुम बहादुर सुनारीले ९५१ मत प्राप्त गर्न सफल हुनुभएको छ । मङोल नेसनल अर्गनाइजेसनका सलन चिदीले २३५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका बृहस्पति अर्यालले २०२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाकी नरमती सिंजालीले १४० मत प्राप्त गर्नुभएको छ ।
पाल्पा क्षेत्र नं.१ मा महिला ३०,८०१ र पुरुष २३,४२९ गरि जम्मा ५४,२३० मत खसेको थियो । जुन जम्मा मतदाताको ५५.१२ प्रतिशत हो ।








प्रतिक्रिया राख्नुहोस्