डडेल्धुरामा रास्वपाका तारा जोशी विजयी
डडेल्धुरा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.ताराप्रसाद जोशी विजयी हुनुभएको छ ।

उहाँले १९ हजार १३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गर्नुभयो ।
नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले ३ हजार २६ मत प्राप्त गर्नुभयो । जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको थियो । जसमा महिला २५ हजार ३१३ र पुरुष २०५९६ रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्