सुनसरी १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार राईको अग्रता
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले अग्रता लिनुभएको छ ।

दिउँसो ३ बजेको अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ ।
श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले १० हजार ९७ मत र गोमा तामाङले ७ हजार ९ सय २९ मत पाउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्य बहादुर भट्टराईले १७ सय ७९ मत प्राप्त गर्नुभएको छ ।
अहिले गणना जारी रहेको निर्वाचन अधिकृत दिव्हेयराज घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्