सप्तरी–४ बाट रास्वपाका सिताराम साह विजयी
सप्तरी । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सिताराम साह विजयी भएका छन्। निर्वाचन अधिकृतका अनुसार साहले ३६,४१२ मत प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका तेजुलाल चौधरी (रुख) ले १३,१०३ मत र जनता समाजवादी पार्टीका बाँवी सिंह (छाता) ले १०,२८० मत ल्याएका छन्।
त्यसैगरी रुवी कुमारी कर्ण (नेकपा, पाँचकुने तारा) १,७०९, जितेन्द्र कुमार साह (जनमत पार्टी, लाउडस्पिकर) ९९५,रामाकान्त चौधरी (नागरिक उन्मुक्ति पार्टी, चकिया) ५५० ल्याएका छन् । सप्तरी ४ मा कुल ७१,३७६ मत खसेको थियो । जसमध्ये ६६,३०३ सदर मत र ५,०७३ बदर मत रहेका छन्।








प्रतिक्रिया राख्नुहोस्