तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सभापति थापा रास्वपा उम्मेदवार भन्दा १ हजार १ सय ३३ मतले पछाडि

सर्लाही । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार  सिंह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापाबिच काडा प्रतिस्पर्धा हुने भएको छ ।

अपराह्न ४:०० बजेको मतगणना अपडेट अनुसार डा सिंहले २ हजार ८ सय ४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सभापति थापाले १ हजार ७ सय १४ मत प्राप्त गर्नुभएको छ । सभापति थापा १ हजार १ सय ३३ मतले रास्वपा उम्मेदवार सिंह भन्दा पछि हुनुहुन्छ ।

यसैगरी नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ४ सय १०, जनमत पार्टीका राकेश मिश्राले २ सय ६७ ,नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. रजनिश रायले १ सय २८ र जसपाका रामेश्वर रायले ७ मत मात्र प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button