तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा ११०, कांग्रेस १३, एमाले १० र नेकपाकाे ७ स्थानमा अग्रता

रास्वपा र कांग्रेस एक एक स्थानमा विजयी

काठमाण्डौ । बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जीत हासिल गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ र ६ मा जीत हासिल गरेर दुई स्थानमा विजयी हुदैँ रास्वपाले अहिलेसम्म ११० स्थानमा अग्रता लिइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता

यसैगरी, मुस्ताङमा जीत हासिल गरेको नेपाली कांग्रेसले १३ स्थानमा अग्रता लिइरहेको छ ।

नेपाली कांग्रेसकाे अग्रता

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले ७ र नेकपा एमालेले भने १० स्थानामा अग्रता लिएका छन् ।

नेकपा एमालेकाे अग्रता

नेपाली कम्युनिष्ट पार्टीकाे अग्रता

श्रम संस्कृति पार्टी ४ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा, प्रगतिशील लोकतान्त्रिक पार्टी १ स्थानमा र स्वतन्त्र उम्मेदवारले १ स्थानमा अग्रता लिइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button