तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ मा भएको मत गणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिइरहनु भएको छ । जस अनुसार रास्वपाका पुकार बमले ६हजार २ सय ८४ मतका साथ अग्रता लिइरहनुभएको छ । 

त्यसैगरी नेपाली काँग्रेसका  सचिन तिमल्सेनाले १ हजार ९ सय ७ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका डा. राजन भट्टराईले १ हजार ४ सय ७९ मत प्राप्त गर्नु भएको छ ।  

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका इन्द्रकुमार भुषालले १४४ मत पाउनु भएको छ । राप्रपाका सरेन्द्रराज भण्डारीले ३६४ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका बरुण अमात्यले २ सय ५१ मत प्राप्त गर्नु भएको छ । 

काठमाडौँ क्षेत्र नम्बर ४ मा कुल मतदाता संख्या ७६ हजार १ सय ४१ रहेकोमा ५० हजार २ सय ३९ मत खसेको थियो । त्यसमध्ये ११ हजार १ सय ३ मत गणना सकिएको छ । यस क्षेत्रका ८८ मतदान केन्द्र मध्ये हाल सम्म १३ मतदान केन्द्रको मतगणना सकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button