सर्लाही–४ मा रास्वपाका सिंह अगाडि
सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म ३ हजार ६९ मतगणना सम्पन्न भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहले अग्रता लिनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १ हजार ९०८ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका गगन थापाले ५३६ मत पाउनुभएको
नेकपाका उम्मेदवारले ३७९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका उम्मेदवारले ६९ मत पाउनुभएको छ भने जनमत पार्टी र जसपाका उम्मेदवारले समान १५–१५ मत प्राप्त गरेका छन् भने मोबाइलले ६ मत पाएको छ।
मतगणनाका क्रममा ११६ मत बदर भएको जनाइएको छ। मतगणना कार्य भने निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्