तपाईँ सुन्दै हुनुहुन्छः

आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो, “रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ । शुक्रबार दिउँसो १२  बजेसम्म सबै जिल्लाको मतपेटिका सङ्कलन पूरा हुनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button