तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ६३ दशमलव ४६ प्रतिशत मत खस्याे 

नेपालगञ्ज । बाँकेमा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदानमा ६३ दशमलव ४६ प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार क्षेत्र नम्बर १ मा ७५ हजार १९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत खसेको छ । जिल्लाभर जम्मा २ लाख २२ हजार ३ सय ६६ मत खसेको छ । बाँकेमा कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना हुन् । 

अहिले मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले बताउनुभयो । क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालयमा मतगणना गरिँदै छ । अब केहीबेरमा मतपेटिका सङ्कलन कार्य सकिएपछि सर्वदलीय बैठक बसी मतगणनाबारे निर्णय लिइनेछ ।

मतगणना आजै रातीदेखि गर्ने तयारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button