तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ५३ प्रतिशत मत खस्यो 

जुम्ला । जुम्लामा साँझ ५ बजे सम्म ५३.९ प्रतिशत प्रतिशत मत खसेको छ ।  कुल ७१ हजार ७३९ रहेको जुम्लामा साझ ५ बजेसम्मको  प्राप्त विवरण अनुसार ३९ हजार ११२ अर्थात् ५३.९९ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमील्सीनाले जानकारी दिनुभयो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान ठिक ५ बजे बन्द भएको थियो । निर्धारित समय भित्र जुम्लाका ११० मतदान केन्द्रबाट प्राप्त विवरण अनुसार ३९ हजार ११२ मत खसेको हो। जसमा महिलाको संख्या २० हजार४५ र पुरुषको संख्या १९ हजार ६७ रहेको छ। 

जुम्लाका कुल मतदातामध्ये ३२ हजार ६२७ मतदाता मतदानमा सहभागी भएनन् । कुल पुरुष मतदाता ३७ हजार ४५९ रहेकोमा १९ हजार ६७ जनाले मात्रै मतदान गर्दा १८ हजार ३९२ जना पुरुष मतदाता अनुपस्थित भए । कुल महिला मतदाताको संख्या ३४ हजार २८० रहेकोमा २० हजार ४५ ले मात्रै मतदान गरे ।

जिल्लाका ११० वटै मतदान केन्द्रमा शान्त, भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो। सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि सर्वदलीय बैठकको निर्णयअनुसार मत गणना सुरु गर्ने तयारी छ ।  फलामे डन्डी सहितको घेराबार भएको मत गणना स्थल जुम्लामा तयार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button