तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न 

डडेल्धुरा । आज भएको प्रतिनिधिसभा निर्वाचन डडेल्धुरामा शान्तिपूर्ण तवरबाट सम्पन्न भएको छ। डडेल्धुराका प्रहरी नायव उपरिक्षक वरुणबहादुर सिंहले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जानकारी दिनुभयो । 

डडेल्धुराका सहायक मतदान अधिकृत गणेश बहादुर विष्टले मतदान कार्य सम्पन्न भएकोमा केही ठाउँमा नेटवर्कका कारण टेलिफोन सम्पर्क नहुँदा मत कति खस्यो भन्ने एकिन नभएको बताउनुभयो । 

डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button