तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा भोलिदेखि मात्रै मतगणना शुरु हुने

बैतडी । बैतडीमा भोलिदेखि मात्रै मतगणना शुरु हुने भएको छ । 

जिल्लाभरि शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको र मतगणनास्थलमा सबै ठाउँका मतपेटिका ल्याइसकेपछि मतगणना कार्य शुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो। 

जिल्लाका २ सय १५ वटै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना कार्य शुरु हुने सूचना अधिकारी दयालले बताउनुभयो । 

जिल्लाभरिका मतपेटिका आज रातभरिमै सदरमुकाम ल्याइसक्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । 

भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणनाको काम शुरु हुने उहाँले बताउनुभयो। जिल्ला अदालतको भवनमै मतगणना स्थल बनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button