तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम राष्ट्रपति डा. यादवद्वारा सपही मतदान केन्द्रमा मतदान

जनकपुरधाम । नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं ४ को पैतृक गाउँ सपहीको वी पि माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नु भएको छ ।

मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै डा. यादवले गत भदौ २३ र २४ गते नव युवा पुस्ताको आन्दोलनका कारणले उत्पन्न भएको अवस्थाबाट देशका उचित निकास दिनका लागि अहिलेको निर्वाचनको विकल्प नभएकाले मध्यावधि चुनाव भएको बताउनु भयो । 

उहाँले राम्रो जनप्रतिनिधि छान्नका लागि सबै मतदाताहरूमा अपिल गर्नु भयो । उहाँले अहिले अवस्थाको निकासका लागि निर्वाचन बाहेकको विकल्प नभएका कारणले मतदान हुन लागेको र यसमा आम मतदाताको उत्साहजनक सहभागिता देखिएकोमा खुशी व्यक्त गर्नु भयो ।

ज्येष्ठ नागरिक समेत रहनु भएका पूर्व राष्ट्रपति डा. यादवले मुलुक भरि नै शान्तिपूर्ण ढंगले निर्वाचन हुने आशा व्यक्त गर्दै सोच विचार गरेर असल  जनप्रतिनिधि छान्नका लागि सवैमा अपील गर्नु भयो । 

उहाँले वर्तमान संविधानको उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हाँसिल गर्नमा अहिले भइरहेको निर्वाचनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button