तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य निर्वाचन: २ बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । 

२ बजेसम्म देशभर ६३ लाख १६ हजार २ सय १५ करिब ३३ दशमलव ४१ प्रतिशत मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिनुभयो ।

दोलखाको एक मतदान केन्द्रमा बाहेक अन्य स्थानमा उत्साहपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button