तपाईँ सुन्दै हुनुहुन्छः

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा मतदान

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आज बुटवल–८ स्थित सडक विभाग परिसरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

उहाँले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।

निर्धारित समयअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ। जिल्लाभरका मतदान केन्द्रमा मतदाताको सहभागिता देखिएको छ भने निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button