निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन निर्वाचन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगले आज गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।
स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मतदान हुने बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने सुरक्षा व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो ।
मतदान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्