तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा निर्वाचनको तयारी पुरा, निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह

इलाम। भोलि हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि इलाममा सम्पूर्ण तयारी पूरा भएको छ।

भर्खरै सर्वदलीय बैठक सम्पन्न गरी सुरक्षित , निष्पक्ष  र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

निर्वाचन शान्तिपूर्ण रूपमा गराउन सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएकोले  ढुक्क भएर मतदान गर्न इलामका मतदातालाई आग्रह गर्नुभएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्ति, सुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना र निर्वाचन प्रहरी  खटिएकोले  मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको प्रजिअ ढकालले बताउनुभयो  । मतदान र, मतपेटिका र मतगणना स्थलको सुरक्षाको प्रबन्ध भइसकेको भन्दै उहाँले सबै मतदाता मतदान गर्न आउन सक्ने वातावरण तयार गरिएको बताउनुभयो ।

  मतपेटिका तथा मतदान अधिकृत तथा कर्मचारीहरू आ–आफ्नो मतदानस्थलमा पुगेर मतदान स्थल तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले बताउनुभयो । सबै मतदान अधिकृतले  सर्वदलीय बैठक राखी निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको बताउनुभयो । मतगणनाको लागि स्थल तथा मतपेटिका भण्डारण स्थलको  तयारी समेत भइसकेको मुख्य  निर्वाचन अधिकृत गजुरेलले जानकारी दिनुभएको छ ।

इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा  १ हजार ७  सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छन् ।

इलाममा १ सय ६ जना कैदीबन्दीले समेत मतदान गर्दैछ्न ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button