भयरहित निर्वाचनका लागि सबै सुरक्षा संयन्त्र परिचालित: गृहमन्त्री अर्याल
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतदानस्थलमा सुरक्षा प्रत्याभूत गराइएको बताउनुभएको छ ।

निर्वाचन तयारीबारे जानकारी दिन गृहमन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले सबै सुरक्षा संयन्त्र परिचालन गरिएको र आवश्यक परे सुरक्षाको अवस्थालाई काबुमा राख्ने र सहजीकरण गर्ने गरी सबै सुरक्षा संयन्त्रहरू परिचालन गरिएको जानकारी दिनुभयो ।
यो निर्वाचन राजनीतिक शुसासनन कायम गर्न महत्त्वपूर्ण हुने भन्दै गृहमन्त्री अर्यालले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सफल भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्