तपाईँ सुन्दै हुनुहुन्छः

हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको छ : उपसभापति शर्मा

उदयपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालको राजनीतिक इतिहासमा भएका महत्वपूर्ण परिवर्तनहरूमा नेपाली कांग्रेसको अग्रणी भूमिका रहेको बताउनुभएको छ । 

सोमबार उदयपुर जिल्ला सदरमुकाम गाईघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्मका ऐतिहासिक उपलब्धिहरू नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएको स्मरण गर्नुभयो । 

पछिल्लो समय उठिरहेको ‘जेनजी’ पुस्ताको आवाज र अपेक्षालाई काँग्रेसले गम्भीरतापूर्वक लिएको उपसभापति शर्माले बताउनुभयो । नयाँ पुस्ताको भावना, सोच र चाहनाअनुसार पार्टी रूपान्तरणको प्रक्रियामा अघि बढिरहेको बताउँदै उहाँले अबको राजनीति पारदर्शिता, सुशासन र जबाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई पनि काँग्रेसले नै जिम्मेवारीपूर्वक नेतृत्व गर्दै देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button