डडेल्धुरामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक
डडेल्धुरा । डडेल्धुरामा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको उत्पादन, बिक्री–वितरण तथा ओसारपसारमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराले निर्वाचनको मर्यादा, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न मदिराजन्य पदार्थको कारोबारलाई कडाइ समय र अवधि अनुसार सीमित गरिएको जनाएको छ ।
सूचना अनुसार फागुन १० गतेदेखि साँझ ७ बजेसम्म मात्र मदिरा बिक्री–वितरण गर्न पाइने व्यवस्था गरिएको छ । निर्वाचनको मौन अवधिमा मदिराको बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको छ ।
यसैगरि ११ गतेदेखि २४ गतेसम्म मदिराजन्य पदार्थको ढुवानी तथा ओसारपसार गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले जारी गरेको सूचनामा उक्त निर्देशनको उल्लङ्घन गरी मदिराजन्य पदार्थको उत्पादन, बिक्री, वितरण, ढुवानी वा प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीद्वारा जारी गरिएको विज्ञप्तिमा निर्वाचनलाई लक्षित गरि मदिराजन्य वस्तुहरूको बिक्रीबितरण र सेवनमा रोक लगाउने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्