तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते

भोजपुर । आगामी फागुन २१ गते हुने चुनावी गस्तीका लागि निस्किएको नेपाली सेना बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । 

सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गरेको बस भोजपुर नगरपालिका–३ स्थित सेती बगर नजिकैको मोडबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाका अनुसार घाइतेमध्ये २२ जना नेपाली सेना र बस धनी र चालक रहेका छन् । नयाँ श्रीनाथ गण भोजपुरका नेपाली सेनाको ६ जना, बस धनी र चालक गरी ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई सेनाको दुई वटा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । अन्य घाइतेहरूको स्थानीय स्तरमै उपचार भइरहेको छ । 

दुर्घटनामा दुई जना भने सकुशल रहेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । आज करिब १२ : ३०  बजे तिर ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button