तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत् प्रवाह सुरु

गुल्मी। आयोजना पुरा हुन केही समय लागेपनि अन्ततः गुल्मी बिद्युतको राष्ट्रिय प्रसारणसँग जोडिएको छ।

दैनिक बिद्युत् अवरुद्ध भएर सास्ती खेपेका नागरिकलाई राहत मात्रै भएको छैन, जिल्लामा आर्थिक समृद्धिको नयाँ सम्भावना खुलेको छ । प्रसारण लाइनको उनायचौर–पौदी–बुर्तिबाङ्गको परीक्षण सफल भएर मंलबारदेखि १३२ के.भी बिद्युत् प्रवाह सुरु भएको छ । सोही अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । 

उहाँले बिद्युतको राष्ट्रिय प्रसारणसँग जोडिने कुरा जिल्लाको लागि ज्यादै महत्त्वपूर्ण काम भएकाले बिद्युतको अभावमा रोकिएका उद्योग कलकारखानामा लगानी गरेर पहाडको बसाइसराइ रोक्नु नै आफूहरूको उद्देश्य रहेको बताउनुभयो । यसले अवसरका ढोकाहरू खोलेकाले सदुपयोग गरेर आर्थिक समृद्धिका काममा लाग्न उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूलाई शाक्यले आग्रह गर्नुभयो । 

प्राधिकरणको लगानीको उद्देश्य देशको अर्थतन्त्रमा टेवा पुराउने भएकाले साना, मझौला र ठूला उद्योगलाई पर्याप्त बिद्युत् पुग्ने पहाडी जिल्लामा कृषिमा आधारित उद्योगको सम्भावना बढेको बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइनले जिल्लाहरूमा पटक–पटक बिद्युत् अवरुद्ध हुने समस्याको अन्त्य गर्नुको साथै आर्थिक समृद्धिको आशा जगाएको बताउनुभयो । 

दुई दिन रेसुङ्गा नगरपालिका–०७ उनायचौर सवस्टेशनदेखि बागलुङ बुर्तिबाङ्गसम्मको १३२ के।भी। राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरेर सञ्चालन गरिएको छ । यो राष्ट्रिय प्रसारण लाइनको उनायचौर र मुसिकोट नगरपालिका–१ पौदी अमराईमा गरेर दुई वटा सवस्टेशन गुल्मीमा रहेका छन् । कपिलवस्तुको मोतिपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ्ग सम्म करिव ८६ किलोमिटर दुरीमा पाँच सवस्टेशन र २४८ टावर निर्माण गरिएको कपिलवस्तुको मोतिपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ्ग आयोजना प्रमुख इन्जिनीयर मनोज चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म चार सात करोड ६१ लख ६२ हजार ७३५ रुपियाँमा सवस्टेशन र प्रसारण लाइन बिस्तार भएको छ । आयोजनाको लगानी  नेपाल सरकार, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र बिद्युत् प्राधिकरणले गरेको छ । आयोजना प्रमुख चौधरीले एउटै जिल्लामा दुई वटा राष्ट्रिय प्रसारण लाइनको दुई वटा सवस्टेशन गुल्मीमा मात्र रहेको बताए । उहाँले भन्नुभयो,“योजनाको सफल परीक्षण गर्न पाएकामा हामी त खुसी नै छौ त्यो भन्दा भाग्यमानी गुल्मेली नागरिक छन् । एउटै जिल्लामा दुई वटा सवस्टेशन निर्माण भएका छन् ।”

कुनै समय टुकी बालेर चुनावी अभियान सञ्चालन गर्नुपर्ने गुल्मीका निर्वाचन क्षेत्रहरूमा दुई सवस्टेशन निर्माण गरेर बिद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिन पाउनु गुल्मेलीको लागि निकै सुखद विषय भएको बताउनुभयो । पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले आफूले समावेश गरेको महत्त्वपूर्ण आयोजना सफल हुँदा गर्वको महसुस भएको बताउँदै अब उद्योग कलकारखाना मार्फत जनताको आर्थिक समृद्धिको पक्षमा काम गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले राष्ट्रिय प्रसारण लाइनमा जोडिने बित्तिकै नागरिक मात्रै नभएर सरकारी काममा समेत सहज भएको बताउनुभयो । उहाँले धेरै पटक बिद्युत् जा“दा सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा समेत ठुलो समस्या हुँदै आएको अवस्थामा राष्ट्रिय प्रसारण लाइनले ठुलो राहत प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button