तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्ष कप छात्र भलिबल प्रतियोगिता सम्पन्न

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ दोलखाले नगर व्यापी आधारभूत तह स्तरीय वडा अध्यक्ष कप छात्र भलिबल प्रतियोगिता आयोजना गरेको छ । 

भीम माध्यमिक विद्यालय दोलखाको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा महेन्द्रोदय मावि माटी प्रथम, भीम मावि दोलखा द्वितीय, त्रिपुरा ग्लोरियस एकाडमिक बोर्डिङ स्कुल चरिकोट तृतीय र कुटिडाँडा मावि मकैबारी सान्त्वना भएका छन् । 

वडाध्यक्ष कप छात्र भलिबल प्रतियोगितामा विजयी विद्यालय तथा खेलाडीहरूलाई भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले नगद पुरस्कार, प्रमाणपत्र, शिल्ड र मेडल वितरण गर्नुभएको थियो । 

भीमेश्वर–२ का वडाध्यक्ष स्टालीन श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उपप्रमुख कमला बस्नेत, भीम मावि दोलखाका प्रधानाध्यापक शेषनाथ आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतियोगितामा भीमेश्वर नगरपालिकाका निजी तथा सामुदायिक गरी १३ वटा विद्यालयको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button