सेना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
दोलखा । महाशिवरात्रि पर्व तथा २६३ औ सेना दिवसको अवसरमा गरुड दल गण दोलखाले आइतबार विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

हाजिरी जवाफ प्रतियोगितामा मोर्डन नेपाल बोर्डिङ स्कुल प्रथम, त्रिपुरा ग्लोरियस एकाडमीक बोर्डिङ स्कुल द्वितीय र हिमालय क्राउन स्कुल तृतीय भएका थिए ।
विजयी विद्यालय तथा विद्यार्थीहरूलाई गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा मन्तव्य व्यक्त गर्दै कर्णेल कटुवालले विद्यार्थीहरूलाई नेपाली सेनाको इतिहास, भूमिका र महत्व तथा नेपाल र दोलखा जिल्लाको बारेमा जानकारी होस भन्ने उद्देश्यले सेना दिवसको अवसरमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा सदरमुकाम चरिकोटमा रहेका सामुदायिक तथा नीजि गरी नौ वटा विद्यालयका छात्रछात्राको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्