तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका लागि एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । 

हिजो सम्म ६६ जिल्लाको लागि छपाइ र प्याकिङ सकिएको थियो । आज बिहानसम्म सिरहा जिल्लाको लागि पनि छपाई सम्पन्न भएसँगै ६७ जिल्लाको लागि छपाई र प्याकिङ सम्पन्न भइसकेको आयोगका सहायक प्रवक्ता जिसी ले जानकारी दिनुभयो ।

अब १० निर्वाचन क्षेत्रको मात्र मतपत्र छपाइ बाँकी रहेको छ । हालसम्म १७ हजार ७ सय २८ बाकस मतपत्र प्याकिङ भइसकेको छ । 

प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने मा अब ११ लाख ९९ हजार मतपत्र छाप्न बाँकी रहेको आयोगले जनाएको छ ।

पूर्व निर्धारित कार्यतालिका बमोजिम जिल्लाहरूमा मतपत्र ढुवानी कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button