तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: चलचित्र विधेयक २०८१ सर्वसम्मतिले स्वीकृत 

काठमाडौँ। राष्ट्रियसभाको बैठकले चलचित्र विधेयक २०८१ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सभामा छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको चलचित्र विधेयक २०८१ सर्वसम्मतिले स्वीकृत गरेको हो । 

राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button